राजु लामाको ‘सैलुङ पोङ्दी’

नेपालको चर्चित सांगीतिक समुह मंगोलियन हर्टका गायक राजु लामाको नयाँ गीत ‘सैलुङ पोङ्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । हस्त लामा हार्दिकको शब्द र बिशाल कल्तनको संगीत रहेको गीतको भिडियोमा राजु लामा आफैले अभिनय गरेका छन् भने उनलाई मिना तामाङले  साथ दिएकी छिन् । छेवाङ लामाको निर्देशनमा बनेको भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ । भिडियोलाई कर्मा धुन्डुप योन्जनले निर्माण गरेका हुन् ।