फागुन लाग्यो, उत्साहित बनिन् स्वस्तिमा

फागुन महिना आजबाट लाग्यो । फागुन महिना लागेपछि धेरैमा धेरै खालको उत्साह हुन्छ । कोहीलाई बिहे गर्ने उत्साह, कोहीलाई गर्मी लागेको उत्साह, कोहीलाई दिन लामो भएको उत्साह । उत्साह नै उत्साह ।

अभिनेत्री स्वस्तिमा खड्कालाई पनि फागुन लागेपछि उत्साह थपिएको छ । स्वस्तिमाले जाडो महिना लाग्दै गर्दा आफूले गर्मी महिना मिस गर्ने बताएकी पनि हुन् । गर्मी महिनामा स्वस्तिमाले स्विमिङ पूलमा विकिनी लगाएको तस्बिर धेरै राखिन् । यही भएर पनि उनले गर्मी महिना मिस गर्ने लेखेकी हुन् ।

अब, गर्मी लागेपछि उनी उत्साहित छिन् । विकिनी मै स्विमिङ पूलमा सुतिरहेको  पुरानो तस्बिर राखेर उनले गर्मीका लागि उत्साहित भएको लेखेकी छिन् ।

स्वस्तिमालाई फागुन महिनाले उत्साहित बनाउनुको कारण विकिनीमा स्विमिङ पूलमा रमाउन पाउँछु भन्ने हो ।

उनले, पानी मुनी को छ भनेर समेत प्रश्न सोधेकी छिन् । स्वस्तिमालाई स्विमिङ पूलको मस्तीले बढी उत्साहित बनाएछ कि के हो ?