प्रदिप जी, दर्शकलाई कन्फ्यूज्ड किन पार्नुहुन्छ ?

सकेसम्म कलाकारले एउटा फिल्म रिलिज हुने बेलामा दर्शकलाई अर्को फिल्मको दोधारमा पार्दैनन् । बलिउडमा त आफ्नो एउटा फिल्म लाग्न लागेको बेलामा कलाकारले अर्को फिल्मको नाम पनि लिन चाहन्नन् । यही भएर त दर्शकलाई कुन कलाकारको कुन फिल्म रिलिज हुन लागेको छ भन्ने थाहा हुन्छ । तर, नेपालमा ?

अभिनेता प्रदिप खड्काले अहिले कन्फ्यूजन नै कन्फ्यूजन पारेका छन् । दर्शक अहिले प्रदिपको कुन फिल्म आउन लागेको हो ? कुन फिल्म छायांकनमा छ भन्ने कुरामा नै दर्शक दोधारमा छन् ।

कहिले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गर्न लागेको कुरा । फेरि प्रेमगीत ३ मा पनि काम गर्न लागेको कुरा । फेरि कबड्डी ३ को कुरा । हैन, प्रदिपले गर्ने फिल्म कुन हो ? यसरी फिल्मको नाम मात्र आउँदा लभ स्टेशन मै दर्शक कन्फ्यूज होलान् नी फेरि ?

प्रदिपले मोबाइल अफ गर्छन्, फेसबुक सबै ब्लक गर्छन् । उनी लुकेका छन् । तर, उनी लुक्दा दर्शक कन्फ्यूजन छन् ।

यसैले यो कन्फ्यूजलाई प्रदिपले स्पष्ट पारिदिन आवश्यक छ । नामले मात्र फिल्म चल्दैन भन्ने त उनले रोजबाट थाहा पाए होलान् । कुन आउने हो, कुन खेल्ने हो भन्ने स्पष्ट नपरे गाह्रो होला है प्रदिपजी ?