कसरी तय भयो ‘वर्षा-सन्जोग’ को विवाहसम्मको यात्रा ?

१४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे र नेपाली फिल्मका दर्शकहरुको लागि महत्वपुर्ण दिन वर्षा-सन्जोगको विवाह । लामो समय सम्मको प्रेम पश्चात कलाकार बर्षा राउत र कलाकार तथा युवा व्यवसायी सन्जोग कोइरालाले सम्बन्धको नाम दिने भएका छन् । विवाहको उदघोस केही समय अघि गरेका यी दुइले फेब्रुअरी ११ अर्थात प्रमिस डेको दिन जीवन भरसंगै रहने बाचा सहित इन्गेजमेन्ट गरेका छन् ।

पहिलो भेट
करिव ६ बर्ष अगाडी फिल्म ‘सरी ल’को अडिसनको लागि वर्षा र सन्जोग पुगेका थिए । हिरो कुरिरहेको बेला आर वान फाइभमा आएको पुड्के केटालाई देखेर ‘यस्तो पनि हिरो हुन्छ ?’ भन्ने भएको थियो बर्षालाई । तर राम्रो भने लागेको थियो । त्यस पछी फिल्मको लागि सेलेक्ट भयो भनेर फिल्म निर्देशक ऋषि लामिछानेले भनेपछि सामाजिक संजालमा जोडिएर कुरा हुन थाल्यो ।

लामो समय सम्मको मित्रता
कुनै समय पनि सिरियस हुन नचाहने वर्षालाई देख्दा सन्जोगलाई कस्तो ‘इरिटेटिंग रहिछ’ भन्ने लागेको थियो । लामो समयसम्म साथी नै भएर रहेका यी दुई बीच प्रस्ताव नगरी नै माया बसिसकेको थियो । त्यसैले पनि भन्न सक्दैनन् कहिले कुन दिन माया बस्यो ।

ब्रेकअप
दोलखा जाने बेलामा झगडा गरेर ब्रेक लिन्छु भनेर सन्जोग गएको कुरालाई वर्षा एक मात्र ब्रेकअपको रुपमा लिन्छिन् । तर अहिले सम्झिदा उनलाई त्यो त घुम्न जाने बहाना रहेछ भन्ने लाग्छ ।

करियर भन्दा सम्बन्धमा बिस्वास
आफ्नो सम्बन्ध मजबुत भएको कारण बरु करियरमा समस्या आउला तर सम्बन्धमा समस्या नआउने भन्छिन् वर्षा । करियरका लागि आफ्नो इफोर्ट लाग्ने भए पनि सबन्ध सन्जोगकै कारण अघि बढ्ने उनको बिवास छ । संजोगको एक मात्र डर बर्षालाई गुमाउने भएकै कारण पनि सम्बन्ध टुक्रिने सम्भावना छैन ।

प्रमिस डेमा इन्गेजमेन्ट
फेब्रुअरी ११ अर्थात भ्यालेन्टाइन विकको कसम खाने दिन नै ‘सन्सा’ जोडी बनेका छन् बर्षा सन्जोग ।  एक अर्काको साथ रहने कसम खादै यो जोडीले औठी साटेको छ ।

प्रणय दिवसमा विवाह
सामाजिक संजालमा बिवाहको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आम दर्शक र फ्यानलाई विवाह २०१९को प्रणय दिवशको दिन विवाह गर्ने जानकारी गराएका थिए । र आज त्यहि दिन हो जहाँ मायालु जोडीको सम्बन्धले नाम पाउदै छ ।

प्रणय दिवसको इतिहास
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको ‘भ्यालेन्टाइन डे’ को इतिहासलाई हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । यो कुरा सम्राटको कानसम्मपुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले  “लभ फ्रम युअर भ्यालेन्टाइन” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको र यस समयमा प्रेमको सन्देश दिने प्रचलन सुरु भएको हो । र बर्षा र सन्जोग सामाजिक र कानुनी रुपमा आजकै दिन एक हुदै छन्  ।

एक्टर विथ जिरो हेटर
काम गर्दै जादा सकारात्मक नकारात्मक दुवै प्रतिक्रिया पाइन्छ । तर वर्षा सन्जोग यस्तो जोडी हो जसलाई कसैले पनि नकारात्मक रुपमा लिएको छैन । आशा गरौ वर्षा सन्जोगको यो बैवाहिक जीवन अझ बढी मजबुत बनोस् शुभकामना ।