पोखरा स्काई स्पोर्टसमा ‘लभग्याजम’

- मेराेफिल्म

प्रणय दिवसको अवसरमा स्पेक्स फोर्टिन नामक इभेन्ट तथा एड्भर्टाइजिङ कम्पनीले पोखराको न्युरोड भाट्भटेनीमा अवस्थित पोखरा स्काई स्पोर्टसमा लभग्याजम नामक सांगितिक सांझ आयोजना हुने भएको छ । बिनायो इन्टरटेन्मेन्ट इभेन्ट कम्पनीको संयोजकतामा हुन गईरहेको कार्यक्रम दिउँसो २ बजे देखी बेलुकी ११ बजे सम्म हुने छ ।

प्रेमिल जोडी तथा संगीत पारखीहरुलाई लक्षित पार्दै आयोजना हुन गईरहेको यस कार्यक्रममा सुशान्त केसीको मुख्य प्रस्तुती रहने छ भने ड्रिमर्ज ब्यान्ड तथा अन्य स्थानीय ब्यान्डहरुले प्रस्तुति दिदै दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने छन् । साथै नेपालकै सबैभन्दा हट डिजेको रुपमा चिनिने डिजे अर्पणाले आफ्नो ईडियममा सबैलाई नचाएर सांगितिक माहोललाई अझै बढी रोमान्चक बनाउने छिन् । सुशान्त केशीको अष्ट्रेलिया जानु अगाडि यो नेपालमा अन्तिम सो हुनेछ ।

सांगितिक कार्यक्रमको साथै लवग्याजमलाई आकर्षक बनाउन विभिन्न खेलहरु समेत हुने भएको छ । कार्यक्रमको लागि लाउन्ज पार्ट्नर चिप्लेढुङामा अवस्थित क्लाउड ९ रेष्ट्रो एन्ड लाउन्ज बार रहेको छ भने कार्यक्रमको सम्पूर्ण संचार व्यवस्थापन काठमान्डौ अवस्थित ट्रान्सटेक मिडियाले लिएको छ । साथै यस कार्यक्रमको फिट्नेश पार्ट्नर सेप अप स्लिमिङ सेन्टर रहेको छ भने मेडिकल पार्टनर पिपल होमकेयर नेपाल रहेको छ ।

२०७५ फागुन १ गते १४:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *