प्रदीप-जसिताको ‘घाम जुन चाहिँदैन’ सार्वजनिक

फिल्म लभ स्टेशनको भियतनाममा छायाँकन गरिएको गीत ‘घाम जुन चाहिँदैन’ सार्वजनिक भएको छ । भिडियोमा लिलीबिलीका जोडी तथा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । आगामी २२ चैतबाट रिलिज हुने यस फिल्मको गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ भने सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।

उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।