भ्यालेन्टाइन डेमा एक्लै साम्राज्ञी

साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लाइफ सुन्दर तरिकाले अघि बढेको सबैलाई थाहा छ । व्यापारी देवांशु जंगबहादुर राणाको प्रेममा रहेकी साम्राज्ञीले त अब प्रेमलाई लुकाउन चाहेकी पनि छैनन् । यही भएर त हो, अहिले साम्राज्ञीको फिल्मी लाइफ भन्दा प्रेम लाइफ बढी हल्लीखल्लीमा छ ।

तर, साम्राज्ञीलाई प्रेमी लिएर सार्वजनिक धेरै नहुन पनि सुझाव आउने गरेको छ । यही सुझावले हो या किन हो, उनले ह्याप्पी भ्यालेनटाइन भन्दै आफ्नो सिंगल तस्बिर इन्स्टाग्राममा राखेकी छिन् ।

प्रेम दिवसको दिनमा लभ गरेर जोडी सार्वजनिक नगरेकाले त सार्वजनिक गरिरहेका छन् । तर, साम्राज्ञी एक्लै भएको तस्बिर राखेर प्रेम दिवसको शुभकामना दिइरहेकी छिन् ।

आखिर, साथीभाइको सल्लाहालाई मानेरै हो त साम्राज्ञीले यसपटक फोटोमा प्रेमीलाई लुकाएकी छिन् । कि, अरु नै कारण छ ?