‘मारुनी’ शुभ मुहूर्त

- मेराेफिल्म

फागुन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म ‘मारुनी’ को शुभ मुहूर्त गरिएको छ । शुक्रबार, फागुन ३ गते कलाकार, निर्देशक र निर्माताको उपस्थितिमा कमलादी स्थित गणेस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको हो । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ र पुष्पल खड्का मुख्य भूमिकामा रहने फिल्मको निर्माता पुनम क्षेत्री गौतम हुन् ।

नवल नेपाल र गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवलले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् । फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल, सौर्य अधिकारीको अभिनय रहनेछ ।

२०७५ फागुन ३ गते ११:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *