दुई पोष्टरमा ‘प्रेम दिवस’

फिल्म ‘प्रेम दिवस’ को पोस्टर सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा फिल्मका मुख्य कलाकारलाई समेटेर फिल्मका दुई पोस्टर निर्माण टिमले सार्वजनिक गरेको हो । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो ।

म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रियंका कार्कीसंगै आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ ।

फिल्म आगामी बर्षको जेठ ७ गते देखी प्रदर्शनमा आउने छ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ ।