लौन हिरोइनको यो कस्तो माया ?

फिल्ममा काम गर्ने हिरोइनको साथ कम हुन्छन् । कोही एउटा झुन्डमा रमाउने गरेका छन् भने कोही त्यही झुन्ड पनि बनाउन तयार छैनन् ।

यसैले पनि हिरोइनहरु आफूसँग मिल्ने साथीलाई अती नै माया देखाउँछन् । अभिनेत्री बेनिशा हमाल र केकी अधिकारीको माया त थामिनसक्नु नै छ । यी दुइको कम साथी छन्, त्यसमा यी दुई बढी मिल्छन् । यही भएर त होला, उनीहरु भेट्यो कि गालामा चुम्बन गर्न पछि पर्दैनन् ।

अदा नै अदा भरिएको चुम्बनमा यी दुइको मित्रता साटिएको छ । कुरा नीता ढुंगाना र सुष्मा कार्कीको पनि उस्तै हो । फिल्म क्षेत्रमा यी दुइको साथी पनि कम छन् । सुष्मा कार्कीको जन्मदिनमा पुगेकी एक मात्र हिरोइन थिइन्, नीता । नीता पनि केकी र बेनिशाको स्टाइलमा सुष्मासँग माया दर्शाइरहेकी थिइन् ।

हिरोइनहरुको माया दर्शाउने यो तरिकामा दर्शकले आफ्नै प्रकारको टिप्पणी गरेका छन् । तर, हिरोइनहरुको माया दर्शाउने यो तरिका भने काइदाको नै छ ।