प्रचण्डकी नातिनीको आवाजमा नयाँ गीत

प्रेम दिवसको अवसरमा ‘यो मन उड्यो चरा बनी आकाशमा’ गीत सार्वजनिक भएको छ । गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् । गायिका दाहाल नेता पुष्प कमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।