‘मेरी आमा’ भिडियो

हिमाँशु रायमाझीको शव्द र  सन्तोष परियारको संगीत तथा आवाजमा गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन प्रशन परियारले गरेका छन् । भिडियोमा फराज अर्पणको छायँकन रहेको छ भने रश्मि भट्ट, स्याम रोक्का, विशाल थापा, हिमाँशु रायमाझी र गायक परियारको अभिनय रहेको छ । दिलिप समनको निर्देशन रहेको भिडियो व्यवस्थापन बिक्रम तामाङ्गले गरेका छन् ।