आंचल-पलको ‘घरबार’

कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबार’ गीत सार्वजनिक भएको छ । भिडियोमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर्ड छन् । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन्, जसलाई रामकुमार केसीले छायाँकन गरेका छन् भने निर्देशनसँगै सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।