सुष्माको कुरो पनि नीताको जस्तै त होला ?

अहिले अभिनेत्रीहरुलाई एउटा बोलीको बानी परेको छ । फिल्ममा काम विस्तारै कम पाउन छाडेपछि आफूले नै फिल्म बनाउँदैछु भनिदिने ।

उनीहरुलाई यसो भनेपछि छुटकारा पाइन्छ भन्ने लाग्छ । अभिनेत्री नीता ढुंगानाले जन्म दिनमा फिल्म बनाउँदैछु भनेको पनि २ बर्ष बढी भएको छ । तर, नीताको सुरसार छैन । फिल्म बनाउँछु भनेर अभिनेत्रीले भनेर केहीले फिल्म पनि बनाइसके । तर, नीताको छैन सुरसार ।

अब, नीताको बोली सुष्मा कार्कीमा पनि सरेको छ । सुष्मा कार्कीको हातमा फिल्म छैन । फिल्म नभएपछि बोलिदिने कुरा त्यही हो ।

सुष्माले आफ्नो बर्थ डेमा आफूले पनि फिल्म बनाउन लागेको भनिदिइन् । विदेश कै कार्यक्रमले गर्दा फिल्म नखेलेको बताएर सुष्माले घरकै फिल्म बनाउन लागेको जवाफ दिइन् । यो रेडिमेड जवाफ थियो ।

सुष्मा कार्कीले फिल्म पाएकी छैनन् । उनलाई फिल्म बनाउनेले पत्याउन छाडिसके । अब, घरकै फिल्म बनाउन व्यस्त छु भनिदिएपछि सुष्मा हराइन्, काम पाइनन् भन्नेको मुख थुनिन्छ । नीताले नै सिकाएकी हुन् र सुष्मालाई यो कुरा ?