राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड

काठमाडौँ बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो ।

फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाइ उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

उक्त सम्मेलनमा माईकल ज्याक्शन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उनको परिवारसँग निकट रहि एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माईकल ज्याक्शनका अर्को अवतार भनि प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मसाकी माईकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा। साम दरा, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेनाथ लगायतको सहभागिता रहेको कार्यक्रममा मसाकी माईकल लगायत तिरुपाती बोर्डिंग स्कुलका बिद्यार्थीको समेत दमदार प्रस्तुति रहेको थियो ।

कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात बिष्ट, सामाजसेवी गेसे सोनाम वान्ग्चेन, अन्तराष्ट्रिय प्रस्तोता मसाकी माइकल, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेना, क्यानस फिल्म फेस्टिभलका अन्तराष्ट्रिय संयोजक तथा ुएडभेन्चर अफ हुम्यानीटिु का संस्थापक अध्यक्ष रिचार्ड निल्सन तथा फिलिपिन्सकि राजकुमारी मारिया लियोनेरा टोरेस लाई समेत शान्ति ताहा मानवता अवार्ड प्रदान गरिएको थियो। साथै शान्ति र मानवताको क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न कलाकार, समाजसेवी तथा खेलकुद क्षेत्रका हस्तीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।