आर्जन र केकीको प्रेम (भिडियो)

‘रेलिमाई’को सफलतापछि अब भने गायक तथा मोडल आर्जन पाण्डेले ‘रेलिमाई २’ सार्वजनिक गरेका छन्  । रेलिमाई सिक्वेललाई आर्जनले ‘झिमिक्कै परेली’ शिर्षक दिएका छन् । फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको छ । गीतमा संगीत भने प्रतिक पौडेलले भरेका छन् ।