पारिश्रमिकको हल्ला, नपाउँदा दिएन पाएपछि असमझदारी

कलाकार राजाराम पौडेलले क्याप्टेन फिल्ममा काम गरेको पारिश्रमिक नपाएको भनेर हल्ला ठूलो गरे । फिल्मको डबिङ नै नगर्ने भन्दै उनले हल्ला गरे । तर, फिल्मको डबिङ सकिने वित्तिकै उनले पारिश्रमिक पाएको भन्दै फिल्मको गीत रिलिजमा उपस्थित पनि भए ।

राजारामको जवाफ थियो, त्यस्तो ठूलो कुरा होइन, हामीमा असमझदारी भएको रहेछ । राजारामकै बोली बोलिन् अभिनेत्री बर्षा सिवाकोटीले ।

‘पुरानो बुलेट’ फिल्मको पारिमिक नपाएको भन्दै उनी पनि संचारमाध्यममा गुहार गर्दै आइपुगिन् । फिल्मको डबिङ सकिएपछि पनि पारिश्रमिक नपाएको भन्दै उनको चिच्याहट ठूलो थियो ।

तर, फिल्मको बाँकी रकम पाएपछि उनी फिल्मको ट्रेलर रिलिजमा आइपुगिन् । उनले पनि त्यही बोली बोलिन्, जुन राजारामले बोलेका थिए । निर्माण टिम र आफूविच असमझदारी भएको भन्दै सबै कुरा मिलेको जवाफ दिइन् ।

असमझदारी भएको थियो भने भित्रै मिलाएको भए हुन्थ्यो नी । नपाउँदा हल्ला गर्दै हिड्ने अनी पाएपछि असझदारी भएको हो भनेर कराउने ? कलाकारको तरिका पनि अचम्मको नै छ ।

कि, पाएपछि काम गरेको पैसा पाउनुपर्छ मैले संचारमाध्यममा बोलेपछि पाए भने हुन्थ्यो नी । नपाउँदा पाइन भन्दै करायो, पाएपछि असमझदारी भएको रहेछ, मिल्यो भन्दै प्रचारमा दौडियो । यो त अल्ली व्यवसायिकता भएन नी ?