फिल्म आप्पाको गीत ‘साँझ परेपछी’ सार्वजनिक

फिल्म ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साँझ परेपछि’ बोलको गीतमा अनमोल गुरुङको शब्द तथा संगीत छ भने अनमोल र स्नेहश्रीको स्वर छ ।

फिल्ममा दयाहाङ राइको साथमा नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा तथा अरुणा कार्की र तुलसी घिमिरेको समेत अभिनय रहेको छ । अनमोल गुरुङको निर्देशन रहेको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा अनमोल गुरुङको कथा,  अनमोल र उमेश उपमाको पटकथा तथा संवाद,  शैलेन्द्र डी कार्कीको छायांकन,  अनमोल र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्म अर्को बर्षको जेठ २४ बाट प्रदर्शनमा आउने छ ।