‘मलाई बुढी भनन’ स्वस्तिमा

फिल्म ‘बुलबुल’ले फिल्मभित्रको एक दृश्य सार्वजनिक गरेको छ । सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समेटिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताउँछन् ।

‘यो दृश्यले प्रेमको आशक्ति र मनोदशालाई सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ,’ पौडेलले भने, ‘ यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । फिल्म हेर्ने धेरैले यो दृश्यलाई फिल्मको मुटु भएको र धेरैले आफूपनि नोस्टाल्जिक भएको प्रतिक्रिया दिएका छन् । दृश्यले फिल्म कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ ।’ अहिलेसम्म फिल्म नहेरेका दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगर गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर भन्न सकिने पनि पौडेलले बताए । फिल्म फागुन १० बाट प्रदर्शनमा आएको हो ।