आना र कर्माको ‘किचकिचे माया’

फिल्म ‘दि म्यान फ्रम काठमाण्डौ’ को गीत ‘किच किचे माया’  सार्वजनिक भएको छ । गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको स्वर रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देखाइएको छ ।

नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’ चैत १ गतेबाट प्रदर्शनमा आउने छ । फिल्म निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेका हुन् । फिल्ममा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह,  आना शर्मा,  शिशिर बाङ्देल,  कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी फिल्ममा रहेको छ ।