बर्षा र प्रियंकाको माया पो माया, अरु त घामछाया

फिल्मी वृत्तमा अभिनेत्री बर्षा राउतलाई अभिनेत्री प्रियंका कार्की पछिको हिरोइन मानिन्छ ।

यसअर्थमा कि बर्षा र प्रियंकाको काम गर्ने तरिका उस्तै उस्तै छ । बर्षा पनि समुहका फिल्ममा बढी रमाउने गरेकी छिन् भने प्रियंकाको रमाई त यसमा लामो समयदेखि चल्दै आएको छ ।

बर्षा र प्रियंकाले एकसाथ समुहका फिल्ममा काम गरेका छन् । बर्षा राउत र प्रियंकाको काम गर्ने तरिका पनि एउटै भएर होला, उनीहरुविचमा माया पनि गहिरो छ ।

अभिनेत्री कार्कीले अभिनेत्री बर्षा राउतको बिहेका केही फरक गिफ्ट दिइन् । उनले दिएको गिफ्ट बर्षाका लागि पनि विशेष थियो ।

उनै, प्रियंकाले इन्स्टाग्राममा शेयर गरेको फोटो हेर्दा पनि उनीहरुविच कतीसम्मको गहिरो मायाप्रेम छ भन्ने थाहा पाउन सकिन्छ ।

प्रियंकाको इन्गेजमेन्ट बर्षाको भन्दा पहिले भएपनि बर्षाले बिहे भने पहिले गरिन् । बर्षालाई प्रियंकाले गालामा चुम्बन गर्दै माया दर्शाएकी छिन् । बर्षा पनि प्रियंकाको अंगालोमा एउटा अभिभावक जसरी समाहित भएकी छिन् ।

दुबै जनाको बाटो उस्तै छ । प्रेम, इन्गेजमेन्ट अनी बिहे । दुबैले बिहे अघि जोडीको नाम पनि उस्तै तरिकाले राखेका छन् ।

साच्चै बर्षा र प्रियंकाको माया यस्तो पो हो त ? छक्का पन्जामा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन् । अब, प्रियंकाको बिहेमा बर्षाले कस्तो गिफ्ट दिने हुन्, सबैलाई प्रतिक्षा छ ।