अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई सफलता 

भारतमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’ मा नेपालले ठुलो उपाधि हासिल गरेको छ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि प्राप्त गर्न सफल भएकी छन् ।

नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगितामा नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी थिए । नेपाली कलासंस्कृति प्रतिनिधित्व गर्ने पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफुले धेरै कुरा सिक्न मिलेको बताइन् । १८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् ।

अदितिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए । युवायुवतीलाई फेसन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाई रहेको छ । प्रतियोगीतामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।