अर्गानिक फिल्मको प्रचार चै किन यस्तो नी ?

फिल्म बुलबुल शुक्रबारदेखि चलेको हो । फिल्म चलेको २ दिन पनि दर्शकको साथ उल्लेख्य थिएन । शनिबार ठिकै मानिएता पनि आइतबारबाट फिल्मको व्यापार झर्यो ।

फिल्मका निर्देशक र निर्माताले यसलाई अर्गानिक फिल्म भनेर भने । साँघुरो फिल्मबाट नै कथा फेर्ने सोच बोकेका विनोद पौडेल यसका निर्देशक थिए । फिल्मले कथा भन्ने तरिका फेर्न खोज्यो, तर दर्शकको स्वाद फेर्न सकेन ।

फिल्म अर्गानिक भनिताए पनि यसको प्रचारमा भने प्रहरीले नै निर्देशन दिनुपर्ने कुरा उदेकलाग्दो छ । फिल्मको पोष्टरमा हिरोइन स्वस्तिमा खड्का ठूलो त रक्सीको विज्ञापन नै छ ।

अहिले फिल्मको प्रचारमा रक्सीको विज्ञापन प्रयोग गर्न पाइन्न । फिल्मका निर्माता र निर्देशकले प्रहरीले बोलाएर नै पोष्टर च्यात्न भनेको छ । फिल्म भने अर्गानिक बनाउने यसका निर्माताले प्रचार गर्न त रक्सी नै खोजेछन् ।

फिल्मको प्रचार गर्न शहरका भित्ता पनि प्रयोग गर्न पाइदैन । तर, बुलबुलको टिमले यी दुबै कुरालाई वेवास्ता गर्यो ।