फिल्म ‘खाग’ ट्रेलर

मनोज पण्डित फिल्म ‘खाग’ को ट्रेलर सार्वजनिक भएको छ । मनोज पण्डित निर्देशित फिल्मको ट्रेलर अनामनगरस्थित मण्डला नाटक घरमा सार्वजनिक गरिएको हो । फिल्ममा प्रवीण खतिवडाको मुख्य भूमिका रहेको छ भने निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्मा लगायतको समेत अभिनय रहेको छ । कमलजंग कुवँरद्वारा लिखित पुस्तक गैंडालाई चार बर्षमा आधारित भएर दिलम निर्माण गरिएको हो । प्रमिला कुवँरले निर्माण गरेको फिल्म फागुन २४ मा प्रदर्शन हुँदैछ ।