फिल्म ‘अदालत’ ट्रेलर

फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको फिल्म ‘अदालत’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म फागुन २४ गतेबाट रिलिज हुने फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देन रहेका छन् ।

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् ।