‘लभ स्टेशन’ टिम को सहयोग मेघालाई

फिल्म ‘लभ स्टेशन’ टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ । आगामी २२ चैतमा रिलिज हुने यस फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो ।

लभ स्टेशनका तर्फबाट कलाकार प्रदीप खड्का र जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो फिल्मका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।

दुबै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको आवश्यकता परेको पीडा सुनेपछि फिल्मको टिमले सहयोग गरेको हो ।

यो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफुले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि यी अभिनेताले बताए । यस्तै जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पुरा होस भन्ने कामना गरिन् ।  आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफुमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् ।

निर्माता गोविन्द शाहीले दर्शकका प्रिय कलाकारहरुले दर्शकका लागि सहयोग गर्दा आपसी सम्बन्ध अझ निकट हुने बताए । लभ स्टेशन आफैंमा पारिवारिक एवम् प्रेमकथामा आधारित सामाजिक फिल्म भएकाले आफुहरुले पनि समाजमा मेघालाई स्थापित गर्न उनलाई भेट्नुका साथै सहयोग प्रदान गरेको निर्माता शाहीले बताए ।