कप्सको गीत ‘तिमी र म’ सार्वजनिक

- मेराेफिल्म

अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘कप्स’को रोमान्टिक गीत ‘तिमी र म’ रिलिज गरिएको छ । गीतमा बिजय घिमिरे र नीतु घिमिरेको आवाज रहेको छ भने शब्द र संगीत विजय घिमिरेकै रहेको छ । फिल्मका मुख्य कलाकार अनुप र सन्दिप गीतमा फिचर्ड छन् ।

फिल्म यही चैत्र ८ गतेबाट प्रदर्शनमा आउने छ । सम्राट शाक्यको निर्देशन रहेको फिल्ममा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । प्राय खल पात्रको भूमिकामा देखिँदै आएका उनले यस फिल्ममा भने एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएका छन् । फिल्ममा सन्दिपा लिम्बु अनुपको अपोजिटमा छिन् । उनको यो डेव्यु फिल्म हो । फिल्ममा अनुप र सन्दिपासंगै अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो ।

२०७५ फागुन ९ गते १३:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *