खुलेकी बर्षा

अभिनेत्री बर्षा सिवाकोटीको करिअर बदलिदै छ । उनको करिअर फिल्मको पर्दामा भन्दा बाहिर बढी बदलिएको देखिएको छ ।

फिल्म त उनीसँग पुरानो बुलेट र विर विक्रम २ छ । उनी फिल्मकी भाग्यमानी अभिनेत्रीमा पनि पर्दिनन् ।

किनकी, उनले काम गर्ने भनेका फिल्म कहिले के कारणले रोकिन्छन् त कहिले विभिन्न कारणले बन्दैनन् ।

विर विक्रम २ मा जोडिएपछि भने उनी आशावादी पनि हुन थालेकी छिन् । नेपाली फिल्ममा मिलन चाम्स राम्रो फिल्म निर्देशन गर्ने  निर्देशकमा गनिएका पनि छन् ।

बर्षाले अहिले हट बन्ने रहर पनि पलाएको छ । उनी, फिल्म बाहिर अझै बढी खुलेको पनि देख्न पाइन्छ ।

उनले, साप्ताहिकका लागि गरेको फोटोसुटमा पनि उनी विन्दास छिन् । बर्षाको यो फोटोसुटले पनि उनको स्लिम बन्दै गएको शरीर र उनको खुल्ने चाहनालाई व्यक्त गरेको छ ।

बर्षालाई फिल्ममा पनि हिट हुन आवश्यक छ । फिल्ममा पनि उनी खुलिन् भने बाहिर खुलेको अर्थ राख्छ । विर विक्रम २ उनका लागि यही आशा बोकेको फिल्म बन्ने उनको विश्वास छ ।