‘जानी नजानी’ ट्रेलर

फिल्म ‘जानी नजानी’ टिमले ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह र डेब्यु गर्ल निरिशा बस्नेतको अभिनय रहेको छ  ।

फिल्ममा मुख्य चार कलाकारको साथमा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत बसन्त अधिकारी निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।