उत्साहित नम्रता

फागुन महिनाले धेरै कुरा बोल्छ । यो महिना कसैको लागि मायाको महिना हो त कसैलाई दिन लम्बिएको कारण के गरौ कसो गरौको छटपटीले सताउने गरेको देखिन्छ ।

नम्रता सापकोटाको फिल्म ‘समर लभ’ ले खासै माहोल तताउन सकेन । यसैको ह्यांगओभरमा उनले उनका फ्यानलाई तताउने गर्मीका तस्विर सामाजिक संजालमा पोष्ट गर्न थालेकी छन् । र निम्ता दिदै छिन् गर्मी महिनालाई !

उनले लेखेकी छन्, ‘एकसाइटेड फर समर’ । समर लभले उत्साहित बनाउन नसकेको फिल्मी करियरमा उनको गर्मिएको समरले केही काम गर्ला की ?