भुवनको प्रेम सम्बन्धको बिषयमा थाहा छैन अनमोललाई !

अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ प्रदर्शनको संघारमा पुगेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले प्रचार प्रसारमा जोड दिदै आएको छ । यहि क्रममा एक टेलिभिजन शोको अन्तर्वार्ताको क्रममा प्रेम सम्बन्धको बिषयमा गरिएको प्रश्नमा अनमोलले रोचक जवाफ दिएका छन् ।

फिल्म निर्माता तथा कलाकार भुवन केसी समेत उपस्थित उक्त कार्यक्रममा ‘मलाई ड्याडी सिंगल हुनुहुन्छ कि रिलेसनमा थाहा छैन र मेरो बारे पनि वहाँलाइ थाहा छैन’ भन्ने जवाफ दिए । एक अर्काको साथी झैँ व्यवहार गरे यी दुईलाई प्रेम सम्बन्धको बारे साचै नै थाहा नभएको हो कि भन्न कै लागि भनेका हुन् ? त्यो त उनलाई नै थाहा होला ! तर फागुन १७ बाट प्रदर्शनमा आउने फिल्मको सफलताको भने शुभकामना ।

फिल्ममा अनमोल केसी, भुवन केसी, निरुता सिंहको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् ।