आयुष्मान भाग्यमानी हुन् त प्रियंकाजी ?

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी बिहे गर्दैछन् । बिहेका लागि समय आउन पनि लागेको छ ।

अभिनेत्री कार्कीको आयुष्मानसँग दोश्रो बिहे हो । आयुष्मान र प्रियंका करिब २ बर्षदेखि प्रेममा छन् ।

आयुष्मान र प्रियंकाको बिहे हुन लागेको समयमा कसलाई पाउँदा को भाग्यमानी छन् भन्ने कुरा पनि हुन्छ ।

अभिनेत्री कार्कीले आफ्नो इन्स्टाग्राममा एउटा ट्रोल शेयर गरेकी छिन् । जहाँ, कार्की थर भएकी केटीलाई पाउन भाग्य चाहिन्छ भनेर लेखिएको छ ।

कार्कीले शेयर गरेको यो ट्रोलले आयुष्मान देशराज जोशी प्रियंकालाई पाउँदा भाग्यमानी भएको वुझ्न सकिन्छ ।

नेपाली फिल्ममा आयुष्मान जब प्रियंकासँग जोडिए, त्यसपछि बढी व्यस्त पनि हुन थालेका छन् । सायद, प्रियंकालाई पनि यस्तै लागेको होला ?

तर, भाग्यमानी जो जती भएपनि, बिहेपछि जीवन भने रंगिन होस् भनेर शुभकामना मात्र हामी दिन सक्छौ ।