मिरुनाजी, तपाइ पो नचल्नु भाको हो की ?

फिल्ममा अहिले काम पाउन चल्नै पर्छ भन्ने छैन । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, नीता ढुंगाना लगायतका अभिनेत्रीलाई नै हेर्दा हुन्छ । फिल्म नचले पनि उनीहरु चलेका छन् ।

रोज फिल्ममा अभिनेता प्रदिप खड्कासँग काम गरेकी मिरुना मगरको भाग्य पनि खुलेको छैन । प्रदिपसँग काम गरेपछि चम्कने सोच बनाएकी उनी चलिनन् ।

तर, उनी प्रदिपसँग काम गर्दैमा भाग्य नचम्कने कुरा गर्छिन् । प्रदिपसँग काम गर्दैमा होइन, हिरोइनले आफ्नो बलबुतामा अघि बढ्नुपर्ने मिरुनाको तर्क छ ।

तर, प्रदिपसँग काम गरेरै चलेकी अभिनेत्री जसिता गुरुङलाई विर्सन सकिन्न नि त ? उनी त चलेकी छिन् । पहिले त प्रदिप आफैलाई चल्न गाह्रो थियो । अहिले चलेपछि उनीसँगै जसिता पनि चलेकी छिन् ।

मिरुना आफू नचलेपनि फिल्म भने पाइरहेको बताइरहेकी छिन् । तर, फिल्म पाउनु र चल्नु फरक कुरा होइन र ?

कि मिरुनालाई फिल्म नचलेपनि काम पाइरहन्छु भन्ने सोच पलाएको छ । मिरुनाजी, तपाइले नै पो काम गर्न नसकेको हो कि ? प्रदिपसँग काम गरेर काम देखाएका त चलेका छन् त हो ?