शिशिरको काइदा, कलाकारलाई फाईदा

पछिल्लो समय मिडिया ट्रेण्ड अलिक बदलिएको छ । कलाकारको पछी भन्दा पनि भाईरल कन्टेन्ट तिर मिडियाको ध्यान केन्द्रित हुन थालएको छ । सामाजिक विषय, सहयोग र अपिल पछिल्लो समय मिडियामा धेरै देखिने गरेका छन् । शारिरीक रुपमा अशक्त भएकाहरु देखि चरम गरिबीको पिडामा छटपटिएकाहरु अनलाइन मिडियाको केन्द्रमा देखिन थालेका छन् । अझ त्यस्ता विषयहरुको भिडियो बनाउने र आफ्नो यूट्युब च्यानलमा हाल्नेहरुको भिड झनै बाक्लो छ । त्यही भिडमा अगाडि देखिएको एक नामको शिशिर भण्डारी ।

शिशिर त्यस्तै विषय र व्यक्तिको खोजीमा बढी केन्द्रित छन् । आफुले खोजेका तिनै व्यक्तिलाई सहयोग जुटाउने हकमा पनि अगाडी छन् उनी । उनले खोजेका त्यस्तै भाइरल कन्टेन्टको भिडियो बनाएर उनी आफ्नो यूट्युब च्यानलमा हल्छन् अनी सहयोगको अपिल गर्छन् । सहयोग पनि जुट्छ र त्यो सहयोग कहिले सम्बन्धित ब्यक्तीलाई उनी आफै प्रदान गर्छन् त कहिले कलाकारको हातबाट दिन लगाउँछन् । उनले केही दिन अगाडी पनि त्यसो गरेका छन् । कसैका लागि उठेको सहयोग उनले केही कलाकारको हातबाट प्रदान गर्न लगाएका छन् ।

कलाकारको हातबाट सहयोग गर्न लगाउँदाको काइदा उनलाई छ । त्यही सहयोग गर्दै गरेको भिडियो खिचेर फलानो कलाकारले फलानोलाई यती सहयोग गरे भन्दै आफ्नो यूट्युब च्यानलमा भिडियो हाल्छन् । अनी त्यो भिडियो हेर्ने दर्शक ओ हो मेरो मन पर्ने कलाकार त यस्तो सहयोगी रहेछ भन्दै मक्ख पर्दै भिडियो हेर्छन् । दर्शकले भिडियो हेरिदिएमा शिशिरलाई काइदा हुन्छ । आखिर उनले पनि व्यवसाय गरेका छन् । लगानी परेको छ । प्रतिफल के कसरी आउँछ भन्ने उनलाई थाहा छ । यद्यपी, सहयोग गर्नु आफैमा सह्रानीय कार्य हो ।

अर्कोतिर कलाकार पनि मैले सहयोग गर्न पाएँ भन्दै नाक फुलाएर बस्छन् । उक्त सहयोग, फलानो कलाकारले फलानोलाई यति सहयोग गरे भन्दै समाचार शिर्षक जो बन्छन् । उनीहरुको चर्चा हुन थाल्छ मिडियामा । आखिर एक कलाकारले दर्शक र मिडियामा आफ्नो चर्चा भएको नै देख्न चाहान्छ । बिना परिश्रमको चर्चा कसले नाखोज्ला र ? शिशिरले त्यही माहोल बनाईदिन्छन् कलाकारका लागी, ‘बिना परिश्रमको चर्चा कमाउने मौका’ । अनि भएन त शिशिरको यो काइदाले कलाकारलाई फाईदा ?