प्रियंका र उपासना छाडेर सुहानाको प्रशंसा किन गर्दैछन् अनमोल ?

अभिनेता अनमोल केसीको शुक्रबारदेखि ‘क्याप्टेन’ फिल्म रिलिज हुँदैछ । यो फिल्ममा अनमोल फुटबल खेलाडी बनेका छन् । फिल्ममा २ जना अभिनेत्री छिन्, प्रियंका एमभी र उपासना सिंह ठकुरी ।

यो फिल्म रिलिज हुन १ दिन मात्र बाँकी छ । तर, अभिनेता अनमोल केसीले भने अबको डेढ महिनापछि रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ३’ की अभिनेत्री सुहाना थापाको प्रशंसा गरिरहेका छन् ।

अनमोलले सुहानाको प्रशंसा गर्न थालेको आज होइन । अनमोल केसीले सुहाना जस्तो हिरोइनसँग आफूले यसअघि काम नगरेको बताउँदै पनि आएका छन् ।

अनमोल केसीले सुहानाको प्रशंसा यति धेरै किन गरेका होलान् ? के अनमोल केसीलाई आफूले काम गरेको फिल्म क्याप्टेनका दुई अभिनेत्रीको काम खासै मन नपरेको हो ?

कि सुहानाले साच्चै नै राम्रो काम गरेकी छन् ?