करिश्माको शान्त हुने शैली

- मेराेफिल्म

अभिनेत्री करिश्मा श्रेष्ठलाई दर्शकले फिल्ममा तत्काल हेर्न पाउने छैनन् । किनकी, करिश्माले कुनै पनि फिल्ममा काम गर्न लागेको खबर छैन ।

बरु, हिजोआज उनी दिमागलाई शान्त बनाउँदैछिन् । पार्टीमा रमाएको तस्बिरदेखि साथीहरुसँग मस्ती गरिरहेको तस्बिरमा उनी रमाएको देखिन्छ ।

करिश्मा श्रेष्ठले केही फिल्ममा काम गरेतापनि ती फिल्म नचलेको कुरालाई अस्विकार गर्न मिल्दैन ।

करिश्माले इन्स्टाग्राममा राखेको एउटा तस्बिरमा उनी शान्त छिन् । उनले, आफू शान्त भएपनि मनमा धेरै कुरा खेलेको लेखेकी छिन् ।

करिश्माको मनमा आखिर के कुरा खेलेको होला ? उनको लेखाई र लगाई हेर्दा त उनको मन शान्त होइन अशान्त बने जस्तो लाग्छ ।

करिश्माले मनलाई शान्त बनाएर अब फिल्म खेल्ने बारेमा पनि सोच्ने हो कि ?

२०७५ फागुन १६ गते १५:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *