श्रृष्टीलाई दोहोरो शुभकामनाको दबाब

फिल्म गाजलु रिलिजको बेलामा पुगौ । यो फिल्मका निर्देशक थिए हेमराज वीसी । यो फिल्ममा अभिनेता थिए अनमोल केसी । अभिनेत्री थिइन् श्रृष्टी श्रेष्ठ । फिल्म चल्यो पनि । फिल्म चलेपछि श्रृष्टी र अनमोलको जोडी पनि रुचाइएको थियो ।

तर, अहिले समय बदलियो । गाजलुपछि अनमोल र हेमराज एकसाथ फिल्ममा आएका छैनन् । श्रृष्टी र अनमोल पनि एकसाथ फिल्ममा आएका छैनन् ।

बरु, शुक्रबारबाट फिल्म क्याप्टेन र दि ब्रेकअप रिलिज हुँदैछन् । क्याप्टेनमा अनमोल केसी छन् भने दि ब्रेकअपको निर्देशक हेमराज वीसी छन् । दुई मिल्ने निर्देशक र अभिनेताको  फिल्म एकसाथ जुध्दा यसले फिल्म बजारलाई तताएको छ ।

तर, यो विचमा परेकी छिन् श्रृष्टी । श्रृष्टीले दुबैसँग काम गरेकी छिन् । यसैले पनि उनलाई एउटालाई मात्र शुभकामना दिएर पुगेन ।

उनले इन्स्टाग्राममा गरेको विसले पनि यो कुराको  पुष्टी गर्छ । किनकी, उनले दुई विशेष मानिसलाई शुभकामना दिएकी छिन् । एकातिर, उनले अभिनेता अनमोल केसीलाई शुभकामना दिएकी छिन् भने अर्कोतिर उनले हेमराज वीसीलाई शुभकामना दिएकी छिन् ।

श्रृष्टीलाई पनि एउटालाई मात्र शुभकामना दिएर नपुग्ने के । दुई जनासँगै सम्बन्ध निरन्तर राख्न उनलाई कम्ती गाह्रो भएन । उनले यसरी कमै फिल्मलाई शुभकामना दिएको देख्न पाइन्छ ।