‘हेल्लो जिन्दगी’ मा स्वेता खड्का

फिल्म कान्छी निर्माता नायिका स्वेता खड्काले नयाँ फिल्म गर्ने भएकी छन् । फिल्म ‘हेल्लो जिन्दगी’ मा बिहिबार साँझ सझौता गर्दै नायिका खड्का उक्त फिल्मका लागि अनुबन्धित भएकी हुन् ।

फिल्म ‘भैरे’ निर्देशक एभरेष्ट सुर्य बोहोराले फिल्म निर्देशन गर्दै छन् । निर्देशककै लेखन रहने फिल्म बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा सृजना जोशीले निर्माण गर्दै छिन् । सामाजिक संजाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै नायिका खड्काले फिल्मको जानकारी दिएकी हुन् ।