‘सपनाको देश’ बन्ने

फिल्म ‘सपनाको देश’ बन्ने भएको छ । माओत्से गुरुङको निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा गुरुङसहित बाबु बोगटी, एन्सर्ज गुरुङ, मिरा गुरुङ, आइतराम गुरुङ, राजेन्द्र थापा लगायतको अभिनय रहनेछ ।

ड्रिम्स गेट फिल्मस् प्रालिको ब्यानरमा बन्ने फिल्मको छायाँकन दशैं आसपासबाट सुरु हुने फिल्मकर्मी प्रितम गुरुङले बताए । फिल्मका अधिकांश दृश्य अमेरिकामा छायाँकन हुनेछ । फिल्मको निर्माता देव गुरुङ हुन् भने कथा एन्सर्ज गुरुङले नै लेखेका छन् ।गीतसंगीत दावा शेर्पाको रहेको छ भने छायाँकार शम्भु मोक्तान र सम्पादक राजन पुवाँर हुन् ।