आंचललाई भागौं भन्दै छन् पल (भिडियो)

“जाउ हिड” गीत सार्वजनिक भएको छ । गीतमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रविन बिस्टको रहेको छ । डम्बर खापुङले संगीत गरेको यस गीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ । नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन् । पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।