संजिव खरेलको ‘बादल’

संजीव खरेलले आफ्नो नयाँ गीत ‘बादल’ सार्वजनिक गरेका छन् । गीतमा उनको आफ्नै स्वर, शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । भिडियोलाई बुद्ध लामाले खिचेको हुन् भने सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् । श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमले निर्देशन गरेको हो ।