स्वतिमाले खै कुरा बुझेको ???

नायिका स्वतिमा खड्का आफुलाई ग्ल्यामरस देखाउन पछि पर्दिनन् । उनी कुनै पनि प्रकारको कार्यक्रममा जानु परेमा सिधै मेकप स्टुडियोमा पुग्ने गर्छिन् आफुलाई सिंगार्न । स्वतिमाले पोस्ट गरेको फोटो भिडियोबाट पनि थाहा पाउन सकिन्छ उनलाई मेकअपको आवस्यकता ।

उनले अहिले सम्म आफ्नो मेकअप बिनाको फोटो पोस्ट गरेकी छैनन् । स्वतिमाले एक अन्तर्वार्तामा  पनि भनेकी थिइन् बुलबुलको सेटमा ‘स्वतिमा पो हो कति नराम्री’ भनेको सुनेको भएर उनी राम्री नबनी बाहिर निस्किन मन गर्दिनन् ।

स्वतिमाका धेरै फिल्म असफल छन् । भखरै आएको फिल्म बुलबुलले समेत सोचेको जस्तो राम्रो ब्यापार गर्न र दर्शक कमाउन सकेन । धेरैले आशा गरेको फिल्मले स्वतिमालाई निराशा बनायो ।

अब नायिकाले धेरै आफुलाई मात्र सिगार्ने हो की फिल्मलाई पनि अब कसरी राम्रो बनाउने भने बारे सोच्ने हो ? जति राम्री भएर फोटो पोस्ट गरे पनि राम्रो फिल्म दर्शकलाई नदिए सम्म दर्शक हल सम्म आउदैन होइन र स्वतिमा जी ???