हिरोइनलाई फिल्म भन्दा पनि गर्मी प्यारो हो क्या ?

नेपाली फिल्मका हिरोइनहरुको गर्मी मोह पनि बर्णन गरि साध्य नै छैन । गर्मी महिना जाँदा पनि दिक्क, जाडो महिना नसकिदा पनि दिक्क । यस्तो लाग्छ, गर्मी महिना नेपाली फिल्मका हिरोइनका लागि बाह्रैमास आइरहोस् ।

गर्मी महिना यदि साह्रो किन मन परेको हो हिरोइनहरुलाई ? माघ नसकिदै अभिनेत्री स्वस्तिमा खड्काले समर सुरु भयो भन्दै विकिनी लगाएर स्विमिङ पूलमा खिचिएको तस्बिर सार्वजनिक गरिन् । गर्मी महिना आउन लागेको उत्साह त अभिनेत्री प्रियंका कार्कीलाई पनि उस्तै छ । गर्मीमा उनले कस्ता कस्ता फोटो खिच्छिन् भन्ने त पाठकलाई भनिराख्न नै पर्दैन होला ।

गर्मीकै रापले छोएकी अर्की अभिनेत्री हुन्, करिश्मा श्रेष्ठ । उनी त अब समर महिना फेरि सुरु गर्न हामी सक्दैनौ भन्दै पहिरन पनि खुल्ला लगाएर फोटो सार्वजनिक गरिरहेकी छिन् ।

हिरोइनहरुलाई आफ्नो फिल्मको रिलिज भन्दा बढी चासो यो गर्मी महिनाको छ क्या हो ? होइन भने, यति धेरै चिन्ता गर्मी आएको र गएको किन होला ?