वसन्त चौधरीको शब्दमा सोनु निगमको आवाज ‘शिव शंकर’

महाशिवरात्रीलाई लक्षित गर्दै भारतीय गायक सोनु निगमले शिव भजन ‘शिव शंकर’ सार्वजनिक गरेका छन् । भजनको भिडियो नेपाली भूमिमा खिचिएको हो । केही समयअघि यहि भिडियोका लागि नेपाल आएको समयमा गायक निगम बिरामी समेत परेका थिए । भजनमा शृयस पुरानिकको संगीत र बसन्त चौधरीको शब्द रचना रहेको छ । संगीत संयोजन भने हर्षित चौहानले गरेका छन्  । भिडियो निर्देशन दीपिका चंद्रशेखरणको रहेको छ  ।