कागजपत्रको ‘माया संसार’

फिल्म ‘कागजपत्र’ को गीत ‘माया संसार’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द तथा स्वर रहेको गीतमा संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म चैत ८ बाट प्रदर्शनमा आउने छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक तथा लेखक अपिल बिष्टरहेको फिल्मको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।