नीशा कस्ती आमा ?

अभिनेत्री नीशा अधिकारी अहिले अमेरिकामा छिन् । अमेरिकामा नै पुगेर उनले छोरा जन्माएकी हुन् । नीशा फिल्मको यात्रा भन्दा छोराको ख्याल गर्नमा नै व्यस्त छिन् । नीशा आफूलाई एक परिपक्क आमाको रुपमा देखाउँदैछिन् ।

नेपाली फिल्म खेल्दा खेल्दै बिहेपश्चात अमेरिका हानिएकी उनले छोरालाई अमेरिकामा नै जन्म दिएकाले पनि उनी अब नेपाल फर्किने संभावना छैन भन्ने वुझाई सबैको छ ।

गर्भवती हुँदा पनि निर्धक्क आफ्नो बढ्दै गरेको पेट देखाएर तस्बिर सार्वजनिक गरेकी नीशा अहिले छोरालाई राम्रो वातावरणमा हुर्काइरहेकी छिन् ।

नीशा कस्ती आमा होलिन् ? नीशाका अनुसार, कुनै पनि सन्तानले पर्फेक्ट आमा चाहदैन । बरु, एउटा सन्तानले खुशी भैरहने आमा चाहन्छ । यसैले उनले हरदम छोरासँग मुस्कुराएको तस्बिर सार्वजनिक गर्ने गरेकी छिन् ।

नेपाली फिल्ममा सबैभन्दा धेरै रिसाउने र झगडा गरिहाल्ने अभिनेत्रीको परिचय बनाएकी नीशा आमा बनेपछि भने छोराका लागि मुस्कान छाडिरहेकी छिन् ।