सगरमाथा सम्बन्धी फिल्म खेल्दै आलिया

भारतीय अभिनेत्री आलिया भट्ट अब बायोपिक मार्फत देखिने भएकी छन् । उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी हुन् ।

अरुणिमाले ‘बर्न एगेन टु दि माउन्टेन’ नामक पुस्तक प्रकाशित गर्दै उनको सगरमाथा चड्ने क्रमका अप्ठ्यारा र अन्य संघर्षको कथा प्रस्तुत गरेकी छन् । यहि संघर्षमा आधारित फिल्मका लागि सहयोग हुन्छ भन्दै आलियाले पुस्तक पढ्न समेत सुरु गरेकी छन् । फिल्मको बिषयमा औपचारिक सम्झौता नभए पनि अनौपचारिक सल्लाह भइसकेको र फिल्म २०२०मा छायांकन हुने कुरा बताइएको छ ।