अशिष्माको नशा

अभिनेत्री अशिष्मा नकर्मीलाई अब फेरि त्यही पुरानै चाप बढ्न थालेको छ । फिल्ममा त उनलाई अफर आएको सुनिएको छैन । तर, फिल्ममा काम नगरेपनि उनी म्यूजिक  भिडियोमा भने देखिन थालेकी छिन् । अशिष्माले अभिनय गरेको एउटा लोक गीतको भिडियो केही दिन अघि मात्र रिलिज भएको  थियो ।

अशिष्मालाई अहिले काममा जान, भिडियो खेल्न चटारो छ । बिहे गरेपछि अशिष्माले फिल्म क्षेत्र छाडिन् भन्ने चर्चा भएको  थियो । तर, अशिष्मालाई भने त्यो एउटा नशाले चटक्कै छाड्ने कुरा पनि थिएन ।

उनी अहिले आफ्नो सामाजिक संजालमा आफूले खेलेको लोकगीतको प्रमोशनमा व्यस्त छिन् । यस्तो लाग्छ, बिहेपछि अशिष्माले यो दूनियालाई मिस गरेकी थिइन् । फेरि फर्किन पाउँदा उनी खुशी नै खुशी छिन् ।

अशिष्माले बिहेपछि परिवार र फिल्म क्षेत्र मध्ये एउटा रोज्ने बताएकी थिइन् । तर, परिवारकै स्विकृती हो या अशिष्माको आफ्नो सोख, उनी फेरि व्यस्त बन्न थालेकी छिन् । बिहे अघि होस् या पछि, नशा लागेपछि लाग्छ लाग्छ । यत्तीकै कहाँ जान्छ र अशिष्मा जी ?