‘चट्ट रुमाल’ मा सलिन र सलोन

फिल्म यात्रामा प्रयोग गरेको रिमेक गीत ‘चट्ट रुमाल क्या मालुम’ सार्वजनिक भएको छ । बाबुराम दाहालको शब्द रचना रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत र मेलिना राई तथा धर्मेन्द्र सेवानको आवाज रहेको छ । संगीत संयोजन भने राजन इशानको रहेको छ । गीतमा सलिनमान बानिया, सलोन बस्नेत, मल्लिका महत लगायत फिचर्ड छन् । आफ्नो मान्छे फिल्ममा रहेको ओरिजिनल गीतमा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य रहेको थियो ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’चैत्र २९बाट प्रदर्शनमा आउने छ । फिल्ममा नायक सलिनमान बनिया भ्लगरको भूमिकामा देखिँदै छन् । फिल्ममा सलिन मान बानिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा संजय लामाको छयांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।