छविको बिहे बारे यस्तो डर

- मेराेफिल्म

निर्माता छविराज ओझालाई नेपाली फिल्मका दर्शकले सफल निर्माता भनेर त चिन्छन् । तर, छविराज ओझाको परिचय यतिमात्र छैन । उनलाई दर्शकले बिहे र प्रेमको चर्चामा धेरे रुमल्लिने निर्माता भनेर पनि चिन्छन् ।

आखिर, निर्माता छविराज ओझा यो कुराबाट बाहिर आउन किन नसकेका ? निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग बिहे गरिसकेका छन् । तर, उनलाई बिहे गरेका छौ भनेर भन्न अझै पनि डर छ ।

छवि शिल्पासँग एकसाथ बस्न थालेको, माया रहेको त बताउँछन् । तर, बिहे गर्यौ भनेर फोटो सार्वजनिक गर्न डराइरहेका छन् । यसको पनि कारण छ ।

छविराज ओझालाई शिल्पासँग बिहे गरेको भन्ने फोटो सार्वजनिक गर्दा कति धेरै बिहे गर्दो रहेछ भन्ने आरोप लाग्छ भन्ने डर छ । उनी यही डरका कारणले नै शिल्पासँगको सम्बन्धको बारेमा खुलेर कतै पनि बोलिरहेका छैनन् । बरु, उनको दिमागमा यसलाई ट्विष्ट गर्ने कुरा बढी खेल्छ ।

बिहे नै गरिसकेपछि गरेका छौ भन्ने के को डर होला ? आखिर, हामी श्रीमान् श्रीमती हौं भनेर भन्नुको रमाइलो अरु केमा छ र ?

२०७५ फागुन २३ गते १६:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *